المدة الزمنية 32:16

साप्ताहिक राशिफल (२०७८ मङ्सिर १९ देखि २५ गतेसम्म) | WEEKLY HOROSCOPE (Dec 05 - 11, 2021) | | Saptahik

10 989 مشاهدة
0
534
تم نشره في 2021/12/05

प्रस्तुत छ, २०७८ साल मङ्सिर १९ गतेदेखि मङ्सिर २५ गते (December 5 to December 11, 2021) सम्मको #साप्ताहिक_राशिफल । यस भिडियोमा आगामी सात दिनभित्रका चाडपर्व, व्रत, उत्सव र मुहूर्तहरूको जानकारीका साथमा विशेषतः चन्द्रगोचरका आधारमा तपाईंको आगामी सातदिनको दिनचर्यालाई व्याख्या गरिएको छ । आउनुहोस् यो साताको राशिफल हेरेर आउँदो सात दिनभित्रको आफ्नो दैनन्दिनीलाई व्यवस्थित बनाउनु हवस् । यस साताको ग्रह परिवेश आफ्नो मित्र गृह बृश्चिक राशिमा रहेको चन्द्रमाका साथमा यस साताको शुभारम्भ भएको छ । तर आइतवार बिहान नै चन्द्रमाले धनु राशिको यात्रा प्रारम्भ गर्नेछ । त्यसपछि मङ्गलवार अपराह्नमा मकर राशिमा, बिहीवार साँझ कुम्भ राशिमा र शनिवार राती मीन राशिमा चन्द्रमाको प्रवेश हुनेछ । यसरी साताभरिमा चन्द्रमाले बृश्चिक राशिदेखि मीन राशिसम्मको यात्रा गर्नेछ । यो सूर्यले ज्येष्ठा नक्षत्रको भ्रमण गर्ने समय हो, जुन बृश्चिक राशिमा पर्दछ । त्यस्तै चन्द्रमाले परिभ्रमण गर्ने नक्षत्रहरूमा ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वाभाद्रा र उत्तराभाद्रा पर्नेछन् । साताको प्रारम्भमा बृश्चिक राशिमा सूर्य, चन्द्र, बुध र केतु, धनु राशिमा शुक्र, मकर राशिमा शनिश्चर, कुम्भ राशिमा बृहस्पति, बृष राशिमा राहु र तुला राशिमा मङ्गल ग्रहको उपस्थिति रहने छ । यो साता २१ गते बिहान मङ्गल ग्रहले तुला राशिको यात्रा पूरा गरी आफ्नै घर मानिने बृश्चिक राशिमा प्रवेश गर्नेछ । उक्त दिन बुध ग्रहले समेत बृश्चिक राशि छाडेर धनु राशिमा प्रवेश गर्नेछ । राहु र केतुबाहेक यस साताको अन्तिम दिन आगामी शनिवारका दिन शुक्रको गतिमा समेत बक्रता आउने छ । हिजोआज बुध ग्रह अस्ताएको अवस्था देखिन्छ । अन्य कुनै पनि ग्रहको बक्र गति वा अस्त अवस्था रहने छैन । आआफ्नो सुविधा अनुसार तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सक्नुहुन्छ - चाडपर्व र उत्सवको विवरण 00:55 ग्रह परिवेशको विवरण 03:58 मेष 05:49 बृष 07:53 मिथुन 10:40 कर्कट 12:58 सिंह 14:55 कन्या 16:59 तुला 19:07 बृश्चिक 21:25 धनु 23:25 मकर 25:39 कुम्भ 27:47 मीन 29:39 This week's planetary environment This week has started with the moon in friend's house Scorpio. But on Sunday morning, the moon will start its journey to Sagittarius. Then the Moon will enter Capricorn on Tuesday afternoon, Aquarius on Thursday evening and Pisces on Saturday night. In this way, the moon will travel from Scorpio to Pisces throughout the week. This is the time when the Sun travels to the Jyestha constellation, which falls in the sign of Scorpio. Similarly, the constellations orbiting the moon will include Jyeshtha, Mool, Purvashadha, Uttarashadha, Shravan, Dhanishtha, Shatabhisha, Purvabhadra and Uttarabhadra. At the beginning of the week there will be Sun, Moon, Mercury and Ketu in Scorpio, Venus in Sagittarius, Saturn in Capricorn, Jupiter in Aquarius, Rahu in Taurus and Mars in Libra. On the morning of the 21st of this week, Mars will complete its journey in Libra and enter Scorpio, which is considered to be its home. On that day, even Mercury will leave Scorpio and enter Sagittarius. Apart from Rahu and Ketu, on the last day of this week, next Saturday, the speed of Venus will also be curved. Nowadays, Mercury seems to be in a state of set. No other planet will have a curved motion. आगामी ७ दिनभित्रका चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १९ गते (5th December) : चन्द्रोदय (चन्द्रदर्शन), वाणपञ्चकमध्ये मृत्यु वाण : साँझ ०५:५९ सम्म, त्यसपछि अग्नि वाण, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शुभविवाह (पाणिग्रहण) २० गते (6th December) : वाणपञ्चकमध्ये अग्नि वाण : साँझ ०५:३३ सम्म, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), दीक्षाग्रहण (मन्त्र लिने) २१ गते (7th December) : वैनायकी श्री गणेश चतुर्थी व्रत, भद्रा साँझ ०५:५३ बजेदेखि भोलिपल्ट बिहान ०४:५४ सम्म (भद्राको वास : पाताललोक), वाणपञ्चकमध्ये नृप (राज) वाण : साँझ ०५:०५ पछि, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन) २२ गते (8th December) : विवाह पञ्चमी, श्री रामसीता विवाहोत्सव, जनकपुरमा सीता विवाहपञ्चमी मेला, आबाल ब्रह्मचारी गुरु षडानन्दको जन्मजयन्ती, द्वितीय नागपञ्चमी, वाणपञ्चकमध्ये नृप (राज) वाण : साँझ ०४:३७ सम्म, मूहुर्त : अन्नप्राशन(पास्नी), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कर्णवेध(कान छेड्ने), शिलान्यास (सामान्य), पुराणश्रवण, दीक्षाग्रहण (मन्त्र लिने) २३ गते (9th December) : धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (साँझ ०४:१७ बजे), वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०४:०९ पछि, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कर्णवेध(कान छेड्ने), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने, कलशचक्र २४ गते (10th December) : मित्र सप्तमी, विश्व मानवाधिकार दिवस, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०३:४१ सम्म, मूहुर्त : अन्नप्राशन(पास्नी), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने, कलशचक्र २५ गते (11th December) : अष्टमी व्रत, गोरखकाली पूजा, बखुमद, भद्रा दिउँसो १२:२४ बजेसम्म (भद्राको वास : पृथ्वीतल/भूमिलोक), धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो ०३:११ पछि, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शुभविवाह (पाणिग्रहण), कलशचक्र #Weekly_Rashiphal #Weekly_Rashifal #Weekly_Horoscope

الفئة

عرض المزيد

تعليقات - 29